समाचार
बेलका नगरपालिकाको परिचय
ऐतिहासिक पृष्ठभूमि र नामाकरण
बेलका नगरपालिका उदयपुर जिल्लाको पूर्वी भागमा अवस्थित छ। राजनैतिक रुपले ४ वटा गाउँपालिका र ४ वटा नगरपालिकासहित जम्मा ८ वटा स्थानीय तहमा विभाजित उदयपुर जिल्ला भित्रि मधेश देखि चुरे पहाड हुदै महाभारत पर्वत शृंखलासम्म फैलिएको छ । पूर्वमा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका र धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका, उत्तरमा भोजपुर जिल्लाको हतुवागढी र आम्चोक गाउँपालिका, पश्चिममा उदयपुरकै चौदण्डीगढी नगरपालिका र सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका त्यसैगरी दक्षिणमा सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका यस नगरपालिकको सिमाना रहेको छ । समुन्द्र सतहदेखि १३६.२मिटरसम्मको उचाइमा रहेको यो नगरपालिकाको क्षेत्रफल ३४४ वर्ग किलो मिटर रहेको छ ।
उत्तरी अक्षाशं २६०४२'०९" देखि ८६०५५'२९" सम्म र पूर्वी देशान्तर ८७०१०'०६" सम्म फैलिएको यस नगरपालिकाको कार्यालय रामपुर बजारमा रहेको छ ।
बेलका नामाकरणः
- भनेको यस नगर क्षेत्रको दक्षिणी भागमा फैलिएको जंगल हो । प्राचीन कालमा यस ठाउँमा बेलका राजा, बेलका रानीले राज्य गर्दथे । यहाँ नागाहरुको सभ्यताका परिचयहरु दिने जंगलमा पोखरी, बगैंचाहरु र दरबारका भग्नाबषेशको रुपमा र्इंटाका टुक्रा, माटोका भाडाहरुको प्रशस्तै पाईन्छ । यस क्षेत्रमा प्राचिन शीसाका टल्कने बस्तुहरु - मोतिमालाहरु, सिमाला, जिमालाहरु, फूटवल आकारका बस्तुहरु अझै पनि पाईन्छ । प्राचिन कालमा बेलका राजा, बेलका रानीको अनुग्रहमा यस क्षेत्रका मानिसहरु रक्षित भएको कुरा किंबदन्तीको रुपमा सुनिन्छ । कुनै मानिसहरु जंगलमा हराएमा राति ठूलो चम्किलो शहर उत्पन्न हुने, त्यहि खाना बासको ब्यवस्था हुने र विहान उठ्दा खेरी प त्करमा सुतिरहेको हुने अचम्म हुन्थ्यो भनिन्छ । मानिसहरुले आफूलाई ऋण चाहिएमा, भाकल गरेर ऋण समेत प्राप्त हुने भन्ने कुरा किंबदन्ति सुनिन्छ । हालसम्म पनि मानिसहरु बेलका राजारानीको पूजाआजा गर्ने गर्दछन् । बेलका राजा बेलका रानीको किम्बदन्तीबाट यस नगरपालिकाको नाम बेलका नगरपालिका नामाकरण गरिएको हो ।
style="float: left;" width="157" />
