FAQs Complain Problems

बेलका नगरपालिकाको परिचय:

  • ऐतिहासिक  पृष्ठभूमि र  नामाकरण        

बेलका नगरपालिका उदयपुर जिल्लाको पुर्वी भागमा अवस्थित नगरपालिका हो । यस नगरपालिकाको उत्तर  तिर  सुनकोशी पुर्व तिर सप्तकोशी, दक्षिण तिर त्रियुगा नदिले बेष्ठित रहेको छ । महाभारतको  काँखमा अवस्थित यो नगरपालिकाको पश्चिम तिर देउराली डाडाँले घेरेको छ । प्रचुर मात्रामा प्राकृतिक श्रोत साधनबाट सम्पन्न तराई, पहाड, हिमालको स्वरुपमा रहेको बेलका नगरपालिका  जैविक  विविधताको  धनी रहेको छ । विविध जाती, जनजातीका भाषा, कला, संस्कृतिबाट  शुसोभित  बेलका  नगरपालिका  उत्तरको हिमाली श्रृङ्खलाको दृश्याबलोकन देखि लिएर समथर मैदानको हरियाली दृश्यपान गर्दै रमाईरहेको छ ।नेपालको  संघीय शासन प्रणाली अर्न्तगत  राज्य  पुनर  संरचनामा  स्थानीय तहको नयाँ सिमांकन  गर्दा  यो  गाउँपालिका  साविकका ४ वटा  गाउँ  विकास  समितिहरु –रामपुर, ठोक्सिला, तपेश्वरी, मैनामैनी  र  कटुञ्जेववला ) रुपान्तरण भई २०७३ सालमा  बनेको हो । बेलका  भनेको  यस  नगर  क्षेत्रको  दक्षिणी  भागमा  फैलिएको जंगल हो । प्राचिन  कालमा  यस  ठाउँमा बेलका  राजा बेलका रानीले  राज्य  गर्दथे । यहाँ  नागाहरुको  प्राचिन सभ्यता  स्थापित भएको थियो । बेलका  जंगलमा   हाल  सम्म  पनि  पानी  परेको  बेला   बाहिरी  माटोहरु  बगरे  घाममा  टल्किएको अवस्थामा सुन  भेटिने गरेको छ र धेरै मानिसहरुले भेटेका पनि छन । यो सून पाइने ठाउँलाई सुनखानी भनिन्छ । प्राचिन कालमा  पतन भएको  नागाहरुको  सभ्यताका परिचयहरु दिने जंगलमा पोखरी, बगैंचाहरु र दरबारका  भग्नावेश  र र्इंटाका टुक्रा, माटोका भाडाहरुको अवशेषहरु प्रशस्तै पाईन्छ । यस क्षेत्रमा  प्राचिन  सिसाका  टल्कने बस्तुहरु मोतिमालाहरु, सि.माला, जि.मालाहरु, फूटवल आकारका बस्तुहरु अझै पनि पाईन्छ । प्राचिन  कालमा बेलका  राजा  बेलका रानीको अनुग्रहमा यस क्षेत्रका  मानिसहरु  रक्षित भएको  कुरा  किंबदन्तीको  रुपमा सुनिन्छ । कुनै मा निसहरु जंगलमा  हराएमा राती  ठूलो  चम्किलो  शहर  उत्पन्न  हुने, त्यहि  खाना  बासको  ब्यवस्था हुने र विहान  उठ्दा खेरी प त्करमा  सुतिरहेको  हुने अचम्म  हुन्थ्यो  भनिन्छ । यस जंगलमा  लोप  भएको  निलगाई समेत पाईन्थ्यो । मानिसहरुले आफूलाई  ऋण  चाहिएमा, भाकल गरेर ऋण समेत प्राप्त हुने  भन्ने कुरा  किंबदन्तीमा  सुनिन्छ । हाल  सम्म  पनि  मानिसहरु  बेलका  राजारानीको  पुजा  आजा गर्ने गर्दछन् । त्यसैले नै यहि बेलका राजा बेलका रानीको किम्बदन्तीबाट यस नगरपालिकाको नाम बेलका नगरपालिका नामाकरण गरिएको हो ।

  • भौगोलिक स्वरुप तथा सिमाना

नेपालको सातवटा प्रदेश मध्ये सबैभन्दा पूर्वमा रहेको १ नं प्रदेशको १४ जिल्लाहरु मध्ये उदयपुर जिल्ला भौगोलिक बिबिधता भएको साथै विकासको गतिमा अघि बढ्न थालेको र प्रशस्त सम्भावना बोकेको जिल्ला हो । राजनैतिक रुपले ४ वटा गाउँपालिका र ४ वटा नगरपालिका सहित जम्मा ८ वटा स्थानीय तहमा विभाजित उदयपुर जिल्ला पहाडको फेदबाट महाभारत पर्वत शृंखला सम्म फैलिएको पुर्वमा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका र धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका, उत्तरमा भोजपुर जिल्लाको हतुवागढी र आम्चोक गाउँपालिका, पश्चिममा उदयपुरकै चौदण्डीगढी नगरपालिका र सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका त्यसैगरी दक्षिणमा सप्तरी जिल्लाको कञ्चनरुप यस नगरपालिकाको सिमाना निर्धारण गरेको छ । समुन्द्र सतहदेखि १३६.२ मिटर सम्मको उचाइमा रहेको यो नगरपालिकाको क्षेत्रफल ३४४ वर्ग किलो मिटर रहेको छ । यसको उत्तरी अक्षाशं २६०४२'०९"  देखि ८६०५५'२९" सम्म र पर्वी देशान्तर ८७०१०'०६" सम्म  फैलिएको छ ।

  • राजनैतिक तथा  प्रशासनिक अवस्थिति

यस  नगरपालिकाको  केन्द्र  रामपुर  बजारमा  रहेको  छ । साविकको  तपेश्वरी  गाविसको  वडा नं. ४, ५, ६, ७, ८ र ९ मिलाएर वडा नं. १, तपेश्वरी  गाविसकै वडा नं. १, २ र ३ मिलाएर  वडा नं. २, ठोक्सिला  गाविसको  वडा नं. ३, ४, ५ र ६ मिलाएर  वडा नं. ३, ठोक्सिला  गाविसकै ७ नम्मरबाट  वडा नं. ४, ठोक्सिला  गाविसको  वडा नं. ८ र ९, बबला  गाविसको वडा नं. १ र २ मिलाएर  वडा नं. ५, कटुञ्जेववला  गाविसको  वडा नं. ३, ४, ५, ६, ७, ८ र ९ मिलाएर  वडा नं. ६, मैनामैनी   गाविसको  वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८ मिलाएर वडा नं. ७, मैनामैनी  गा.वि.स.को  वडा नं. ९ र ठोक्सिला  गा.वि.स.को वडा नं. १ मिलाएर  वडा नं. ८ र ठोक्सिला  गा.वि.स.को वडा नं. २ लाई वडा नं. ९ कायम  भई यस नगरपालिकाको  जम्मा  वडा  संख्या ९ वटा रहेको छ । हाल यस नगरपालिकाको उत्तरी क्षेत्रमा ४ वटा वडाहरु ५,६,७ र ८ पहाडी भिरालो क्षेत्रहरु रहेका छन । यी वडाहरुमा चुरे क्षेत्र देखि महाभारतको पर्वतमाला  सम्म फैलिएर रहेका छन भने दक्षिणी क्षेत्रमा वडा नं १,२,३,४ र ९ समथर मैदानी भू-भागमा अवस्थित रहेको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.